२१ बैशाख २०८२, आईतवार

प्रधानन्यायाधीशको प्रस्ताव- अहिले प्रशासनिक काम गर्न दिनुस्, वैशाखमा राजीनामा दिन्छु
  • न्युज मानसराेवर

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले वैशाखदेखि लागू हुनेगरि राजीनामा दिने बताएका छन्।

उनको राजीनामाको माग गर्दै आन्दोलनमा उत्रिएका न्यायाधीशहरूसँगको छलफलमा उनले चैत मसान्तसम्म प्रशासनिक काम गर्ने र वैशाखमा राजीनामा दिने प्रस्ताव सुनाएका हुन्। उनले आफूले यो अविधमा (चैत मसान्तसम्म) मुद्दाको सुनुवाइ नगर्ने समेत बताएका सर्वोच्चका एक न्यायाधीशले जानकारी दिए।

न्यायाधीशहरू सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मासँग जबराले वैशाखसम्म काम गर्न दिन भनेका हुन्।

राणाले अब गोलाप्रथाबाट पेसी तोक्ने प्रतिवद्धता पनि जनाएका छन्। सुधारका कार्यक्रम लागू गर्न समय चाहिने भन्दै राणाले आफूलाई चैत मसान्तसम्म प्रशासनिक काम गर्न दिन न्यायाधीशहरूसमक्ष प्रस्ताव गरेका थिए। तर, राजीनामा दिने विषयमा लिखित सहमति भने नगर्ने उनको अडान छ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका न्यायाधीशहरूले भने लिखित प्रतिवद्धता जनाउनुपर्ने माग गरेका छन्।

उहाँले पटक पटक मौखिक प्रतिवद्धता जनाउनुभयो तर, कार्यावन्यन गर्नुभएन। त्यसकारण पेसी तोक्नेदेखि राजीनामा दिनेसम्मका विषयमा लिखित प्रतिवद्धता जनाउनुपर्छ’, आन्दोलनरत एक न्यायाधीशले भने।

यसका लागि मध्यमार्गी बाटो अपनाउन सकिने राणाले बताएका थिए। आइतबारको छलफल अनुसार प्रधानन्यायाधीशले सोमबार आफ्नो इजलास तोकेनन् भने अरु न्यायाधीशलाई पनि बन्दीप्रत्यक्षीकरणको मुद्दाको पेसी मात्र तोकेका छन्।

प्रधानन्यायाधीशको प्रस्तावमा छलफल गर्न अहिले सर्वोच्चका ‘विद्रोही’ न्यायाधीशहरूको सामूहिक छलफल चलिरहेको छ। 

  • १५ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech