बैजनाथ \ बैजनाथ गाउँपालिका वडा न ६ लाई बाल विवाह मुत्तःm वडाका रुपमा घोषणा गरिएको छ ।
बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल र उपाध्यक्ष शारदा रेग्मी विकले वडालाई बाल विवाह मुक्त घोषणाको प्रमाणत्र वडा अध्यक्ष भद्र बहादुर बस्नेतलाई हस्तान्तरण गरे ।
कार्यक्रममा अध्यक्ष रुचालले बाल विवाह सधैका लागि अत्य गर्नाका निम्ति स्थानीय समुदाय सचेत हुन आवश्यक रहेको बताए । उनले समृद्ध बैजनाथ बनाउनका निमित्त बाल विवाह अत्य प्रमुख लक्ष्य रहेको बताए ।रुचालले छिटै पालिका स्तरीय बाल विवाह गाउँपालिका घोषणा गरिने उद्घोष समेत गरेका थिए ।
कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले बाल विवाहका दिर्घकालिन असर समुदाय सचेत हुन आवश्यक रहेका
बताइन । उनले बाल विवाहले मुत्यु वरण समेत भएका घटना बाट समुहदायले ज्ञान लिुनु पर्ने आफ्नो धारणा राखिन् ।
कार्यक्रममा बाल विवाह अत्य वडा बनाउनका लागि प्लान नेपालको आर्थिक सहयोगमा स्याक नेपाल बाँकेले विभिन्न चरणमा सर्वे तथा जनजागरणमुखि कार्यक्रममा वडा स्तरमा संचालन गरेको थियो । कार्यक्रममा वडा स्तरमा वाल विवाह अत्यका लागि क्रियाशिल किसोरी क्लब बाल क्लब युवा क्लब संघ संस्था लगाएत लाई प्रमाणपत्र तथा सम्मान गरिएको थियो ।कार्यक्रममा बैजनाथ गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत तप्तराज आचार्य ,कर्मचारी ,प्रहरी स्थानीय राजनितिक दल ,पत्रकार लगाएतको सहभागिता रहेको थियो ।