२१ बैशाख २०८२, आईतवार

बाँकेमा साढे चार लाखको तम्बाखु बरामद
  • न्युज मानसराेवर

बाँके\ भारततर्फ निकासी गर्न लागिएको सुर्तिजन्य कच्चा पदार्थ बाँके प्रहरीले बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ पिप्रहवाबाट १६ बोरा सुर्तिजन्य कच्चा पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको प्रहरी टोलीले सुर्तिजन्य पदार्थ तम्बाखु बरामद गरेको हो ।

४ लाख ५० हजार मूल्य बराबरको उक्त तम्बाखु आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।

  • १७ कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech