१६ बैशाख २०८२, मंगलवार

बाँकेमा ३ संक्रमित थपिँदा १३ जना डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा बिहीवार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ३० नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा १५ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । बागेश्वरी ल्याबमा १५ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

बिहीवार संक्रमण पुष्टि भएकामध्ये बर्दिया, कैलाली र बझाङका १–१ जना रहेका छन् । योसँगै बाँकेमा संक्रमितको कुल संख्या १८ हजार ४ सय ९ पुगेको छ ।

यस्तै बिहीवार थप १३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ४४ पुगेको छ ।

  • १८ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • Nabintech