१६ बैशाख २०८२, मंगलवार

कोहलपुरको विद्यालय गाथा
  • अनन्त कुमार पौड्याल

त्रिमावि ठुलो विद्यालय बनोस्, बगियाको मावि बढोस्
ज्ञानज्योति जागोस् चपरगौडी, नेरा निबुवा माथि चढोस्।
राम मावि रमाइलो बनोस, सरस्वती सर्वसुलभ बनोस्
सङ्गमस्थल हो कोहलपुर, शैक्षिक केन्द्रविन्दु बनोस्।

कृष्ण मावि चुम्बक बनोस्, जनज्ञानज्योति चम्कियोस्
लक्ष्मी मावि बर्दहवाको, सगरमाथा ज्ञानकुन्ज गुन्जियोस्।
जनता जनताको मावि बनोस्, सिद्धार्थ शिक्षाको खम्बा बनोस्
सङ्गमस्थल हो कोहलपुर, शैक्षिक केन्द्रविन्दु बनोस्।

भरैयामा बालशिक्षा भरिपूर्ण होस्, चटारको आवि चम्कियोस्
लखनवारको आवि लम्कियोस्, चन्नवा पनि चम्कियोस्।
नेरा आवि चौधरिया चर्चामा आवोस्, जनचेतना ज्योति बनोस्
सङ्गमस्थल हो कोहलपुर, शैक्षिक केन्द्रविन्दु बनोस्।

शिवशक्ति अगाडि बढोस्, मुक्ति आविले मुक्ति देओस्
बालविद्या विद्यार्थी सम्पन्न बनोस्, बेडनपुर अगाडि बढोस्।
सिमरीको आवि सिर्जना आवि, सबै सिर्जनशील बनोस्
सङ्गमस्थल हो कोहलपुर, शैक्षिक केन्द्रविन्दु बनोस्।

ढोडपूर्वा र अकलघरवाको आवि, रामजानकी शिखर चढोस्
रमातुल उलुम रमोस्, जनज्योतिमा कक्षा सङ्ख्या बढोस्।
बालविकास एकासी कायम रहोस्, बालकको केन्द्र बनोस्
सङ्गमस्थल हो कोहलपुर, शैक्षिक केन्द्रविन्दु बनोस्।

कोहलपुर मावि नगरको, पालिकाबाट नै चल्दियोस्
एपीएफ गौरवको विद्यालय, क्षेत्रीय स्तरको बन्दियोस्।
सबै संस्थागत विद्यालय, मन्टेसरी राम्रो चलोस्
सङ्गमस्थल हो कोहलपुर, शैक्षिक केन्द्रविन्दु बनोस्।

लेखकः अनन्त कुमार पौड्याल कोहलपुर नगरपालिका शिक्षा प्रमुखका रुपमा कार्यरत्त छन । 

  • २१ कार्तिक २०७८, आईतवार प्रकाशित

  • Nabintech