१० जेष्ठ २०८२, शुक्रबार

बाँकेमा बिहीवार १५ जनामा कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके\बाँकेमा विहीबार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ५३ नमुना परीक्षण गर्दा १५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १४ नमुना परीक्षण गर्दा ४, मेडिकल कलेज कोहलपुरमा २१ नमुना परीक्षण गर्दा १० र बागेश्वरी ल्यावमा १८ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण देखिएको छ ।

विहीबार संक्रमण पुष्टि भएकामध्ये बाँकेका १० जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ३१ पुगेको छ ।

यस्तै विहीबार थप १ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ६३ पुगेको छ ।

  • २५ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • Nabintech