१६ बैशाख २०८२, मंगलवार

बाँकेमा ५ संक्रमित थपिए, २ जना डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा शुक्रवार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ८० नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ४६ नमुना परीक्षण गर्दा ४ र मेडिकल कलेज कोहलपुरमा २१ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको
हो । यस्तै बागेश्वरी ल्यावमा १३ नमुना परीक्षण गर्दा सबै नेगेटिभ रिपोर्ट आएको छ ।

शुक्रवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका २ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ३३ पुगेको छ ।

यस्तै शुक्रवार थप २ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ६५ पुगेको छ ।

  • २६ कार्तिक २०७८, शुक्रबार प्रकाशित

  • Nabintech