बाँके\बाँकेको जमुनाह नाकाबाट रियल जुसको बट्टाभित्र लागूऔषध लुकाएर ल्याउने एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका १५, जमुनाहा नजिकैबाट प्रहरीले सुर्खेतका बबिन शाहीलाई दुई लिटर कोरेक्स र १५ ट्याब्लेट नाइट्रोभेटसहित पक्राउ गरेको हो ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका ३ का ३० वर्षीय शाही लागूऔषध कोरेक्स र नाइट्रोभेट ट्याब्लेट लिन बाँकेको सीमावर्ती भारतीय बजार रुपैडिहा पुगेका थिए । रियल जुसको बट्टाभित्र राखेर उनले कोरेक्स ल्याएका थिए ।