बैजनाथ \ बैजनाथ गाउँपालिका वडा न ६ मा ४ दिने हेफरको आधारशिता तालिम सम्पन्न गरिएको छ ।
बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा संचालित साना किसान उद्यमी सुदृढिकरण परियोजना अंतर्गत स्थानीय रामपुर महिला समुहलाई हेफरको ४ दिने आधारशिला तालिम दिइएको हो ।
कार्यक्रममा प्राविधिक सहयोग हेफर प्रोजेक्ट नेपाल र उत्पीडित सामुदायिक विकास केन्द्रले सहजीकरणमा परियोजना बैजनाथमा संचालन गरिएको छ ।
कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले आर्थिक सामाजिक रुपान्तरणका लागि परियोजना महत्वपूर्ण रहेको बताइन । उनले परियोजनाले महिला शशक्तिकरण संग उत्पादित बस्तुहरुको बजारीकरण का लागि बैजनाथ गाउँपालिकाले परियोजना संचालन गरेको कार्यक्रममा जानकारी गराइन ।
कार्यक्रममा बैजनाथ गाउँपालिका वडा न ६ का अध्यक्ष भद्र बहादुर बस्नेतले अब एक्लै दुक्लैले सम्भव नहुने काम समुदाय स्तरमा अब समुह द्धारा सम्पन्न हुने विश्वास गरे । उनले तालिम बाट प्राप्त ज्ञानहरु लाई आफ्नो जीवन रुपान्तरण गर्नाका लागि समुहका सदस्यहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रमम बैजनाथ गाउँपालिका विधायन समिति संयोजक मेघ बहादुर सुनार बैजनाथ वडा न ६ का वडा सदस्य पुतली हमाल उत्पीडित सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देश रबि रोकाया परियोजना संयोजक रामकृष्ण छिनाल लगाएत सदस्यहरुको सहभागिता रहेको थियो ।