बाँके\ नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत् बाँकेको क्षेत्र नम्वर १ का सचिव डिल्ली गिरी र राप्ती सोनारी गाउँपालिकाकी उपप्रमुख धनीकुमारी खत्री वडामै पराजित भएका छन् । क्षेत्रीय सचिव गिरी वडा न. २ बाट संस्थापन पक्षबाट र उपप्रमुख खत्री वडा न. ८ बाट क्षेत्रीय प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए ।
गिरी क्षेत्रीय सभापतिका लागि प्रत्यासीका उम्मेदार बन्ने बताउँदै आएका थिए । ३ मतले पराजित गिरीले संस्थापन पक्षबाट सभापतिको उम्मेदारी दिने चाहना राखेका व्यक्तिहरुले आफूलाई पराजित गरेको प्रतिक्रिया दिए । सोझो मान्छे । जालझेल गर्न जानिएन । साथीहरुले हराए, उनले भने, निर्वाचन प्रक्रिया हो त्यसैले सहजै स्वीकार गरेको छुँ ।
उपप्रमुख खत्री पनि संस्थापन समूहबाटै क्षेत्रीय सदस्यका लागि उम्मेदवारी दिएकी हुन् । वडा नम्बर ८ मा संस्थापन पक्षले वडा कार्यसमितिसहित क्षेत्रीय प्रतिनिधिमा पुरै प्यानल जित्दा गर्दा उपप्रमुख खत्री वडामै पराजित भएकी हुन् ।