८ जेष्ठ २०८२, बुधबार

बाँके १ मा वडासहित प्रतिनिधिमा पनि संस्थापन इतरको बर्चश्व (विवरणसहित)

संस्थापन इतरले ३६८ प्रतिनिधि जिते, संस्थापनको २२०

  • न्युज मानसराेवर

बाँके\ बाँकेको क्षेत्र नम्बर १ मा संस्थापन इतर समूह हाबी भएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत् सम्पन्न वडा अधिवेशनबाट अधिकांश वडामा संस्थापन इतरका वडा सभापति र क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् । वडा सभापतिसहित ३६८ जना संस्थापन इतर समूहबाट प्रतिनिधि आएका छन् । संस्थापनका भने वडा सभापतिसहित २२० जना निर्वाचित भएका छन् । संस्थापन इतरले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि ६३ प्रतिशत जित्दा संस्थापनले ३७ प्रतिशत मात्र जितेको छ ।

तीन वटा पालिका रहेको क्षेत्र नम्बर १ मा ३० वटा वडा छन् । क्षेत्र नम्बर १ मा संस्थापन इतर समूहले १९ वडा सभापति जित्दा संस्थापनले ९ वडा सभापति मात्रै जितेको छ । २ जना वडा सभापति भने कतै खुलेका छैनन् । कोहलपुर नगरपालिकामा १५, राप्तीसोनारीमा ९ र नरैनापुरमा ६ वडा छन् । यहाँका आधा जसो वडामा निर्विरोध भएको थियो भने झण्डै आधा वडामा निर्वाचन नै भएको थियो ।

प्राप्त विवरण अनुसार राप्तीसोनारी गाउँपालिकामा ४ वडा सभापतिसहित ९३ क्षेत्रीय प्रतिनिधि संस्थापन इतर समूहबाट निर्वाचित भएका छन् । त्यस्तै ४ वडा सभापतिसहित ७६ प्रतिनिधि संस्थापन समूहबाट निर्वाचित भएका छन् । राप्तीसोनारी ४ का वडा सभापति भने कतै खुलेका छैनन् । संस्थापन इतर समूहबाट वडा नम्बर १ मा १० जना, वडा नम्बर २ मा वडा सभापतिसहित १३ जना, वडा नम्बर ३ मा २ जना, वडा नम्बर ४ मा १० जना, वडा नम्बर ५ मा वडा सभापतिसहित १३ जना, वडा नम्बर ६ मा २ जना, वडा नम्बर ७ मा १० जना, वडा नम्बर ८ मा वडा सभापतिसहित २० जना र वडा नम्बर ९ मा वडा सभापतिसहित १३ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् ।

त्यस्तै संस्थापन समूहबाट वडा नम्बर १ मा सभापतिसहित १० जना, २ मा ६ जना, वडा नम्बर ३ मा सभापतिसहित १५ जना,  ४ मा ९ जना, ५ मा ७ जना, वडा नम्बर ६ मा सभापतिसहित १५ जना, ७ मा सभापतिसहित ९ जना, ८ मा शून्य र ९ मा ५ जना प्रतिनिधि निर्वाचित भएका छन् ।

कोहलपुरमा संस्थापन इतरबाट १९४ प्रतिनिधि आउँदा संस्थापन समूहका ११३ जना निर्वाचित भएका छन् । कोहलपुरको वडा नम्बर १, २, ५ र ६ संस्थापन पक्षले जित्दा बाँकी सबै वडामा संस्थापन इतर समूहले जित हात पारेको छ । वडा नम्बर १ मा संस्थापन पक्षले वडा सभापतिसहित १५ प्रतिनिधि जित्दा संस्थापन इतरबाट २ जनाले जितेका छन् । वडा नम्बर २ मा पनि वडा सभापतिसहित १७ जना प्रतिनिधि नै संस्थापन पक्षले जितेको छ । ३ मा भने वडा सभापतिसहित सबै १८ प्रतिनिधि संस्थापन इतर समूहले जितेको छ । वडा नम्बर ४ मा संस्थापन इतरले वडा सभापतिसहित १० र  संस्थापनले ९ प्रतिनिधि जितेका छन् । वडा नम्बर ५ मा वडा सभापतिसहित १७ प्रतिनिधि संस्थापनले जित्दा संस्थापन इरतले एक जना मात्र प्रतिनिधि जितेको छ । वडा नम्बर ६ मा पनि संस्थापनले सभापतिसहित १५ प्रतिनिधि जित्दा संंस्थापन इतरबाट २ जना प्रतिनिधि आएका छन् ।

वडा नम्बर ७ का वडा सभापति कतै खुलेका छैनन् । त्यहाँ संस्थापन इतरका १० जना प्रतिनिधि आएका छन् भने संस्थापनका ७ जना छन् । वडा नम्बर ८ मा पूरै वडा कार्यसमिति सहित २६ जना प्रतिनिधि नै संस्थापन इतरले जितेको छ । वडा नम्बर ९ मा वडा सभापतिसहित १३ प्रतिनिधि संस्थापन इतरका आउँदा संस्थापन समूहका ५ जना छन् । वडा नम्बर १० मा वडा सभापतिसहित ३९ जना संस्थापन इतरका छन् भने २ जना मात्र संस्थापनका छन् । वडा नम्बर ११ मा संस्थापन समूहका १६ जनाले प्रतिनिधि जित्दा वडासभापतिसहित १० जनाले संस्थापन इतर समूहबाट आएका छन् । वडा नम्बर १२ मा वडा सभापतिसहित सबै १९ जना संस्थापन इतर र १३ मा पनि वडा सभापतिसहित सबै १८ जना संस्थापन इतरबाटै निर्वाचित भएका छन् । वडा नम्बर १४ मा वडा सभापतिसहित १२ जना संस्थापन इतर र ६ जना संस्थापन तथा वडा नम्बर १५ बाट वडा सभापतिसहित १४ जना संस्थापन इतर र ४ जना संस्थापन समूहबाट प्रतिनिधि आएका छन् ।

नरैनापुर गाउँपालिकामा पनि वडा नम्बर ६ बाहेक सबैमा संस्थापन इतर समूह हाबी छ । त्यहाँ वडा नम्बर १ मा सभापतिसहित पूरै १९ प्रतिनिधि संस्थापन इतरका छन् । वडा नम्बर २ मा वडा सभापतिसहित १४ जना संस्थापन इतरले जित्दा ४ जना मात्र संस्थापनबाट छन् । ३ मा पनि संस्थापन इतरले वडा सभापतिसहित १६ जना जित्दा संस्थापनले ३ जना मात्र जितेको छ । वडा नम्बर ४ मा भने संस्थापन इतरको वडा सभापतिसहित ९ र संस्थापनको पनि ९ प्रतिनिधि आएका छन् । वडा नम्बर ५ मा वडा सभापतिसहित २१ जना नै संस्थापन इतरका छन् । वडा नम्बर ६ भने वडा सभापतिसहित १५ जना संस्थापनले जित्दा २ जना मात्र संस्थापन इतरबाट आएका छन् ।

क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापति माधवराम खत्रीले संस्थापन समूहको नेतृत्व गरेका छन् । संस्थापन इतर समूहमा भने पार्टी जिल्ला सचिव तप्त पौडेल, नेताहरु ज्ञानु केसी, नारायण गौडेल, हुर्मत न्यौपाने, पोषण केसी, क्षेत्रीय सचिव डिल्ली गिरी, पूर्ण आचार्य लगायतका नेताहरु छन् ।

  • २९ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech