२२ बैशाख २०८२, सोमबार

नेकपा एमाले बैजनाथ गाउँपालिका स्तरीय कमिटिको प्रथम पूर्ण बैठक सम्पन्न
  • न्युज मानसराेवर

बैजनाथ \ नेकपा एमाले बैजनाथ गाउँपालिका कमिटिको प्रथम पूर्ण बैठक सम्पन्न गरेको छ । बैठकले घर फर्क अभियान संचालन गर्ने वडा स्तरमा टोल कमिटि गठन गर्ने ,पालिका स्तरीय र वडा स्तरीय पार्टीको कार्यालय स्थापना गर्ने स्व गगनसिंह रावलको शालिक निमार्ण गर्ने मंसिर १ गते हुने आम सभामा सहभागिता र पार्टी प्रवेशका कार्यक्रमहरु संचालन गर्ने १० औँ महाधिवेसनमा सहभागिता सम्बन्धमा लगाएत विभिन्न निर्णय गरिएको बैजनाथ गाउँपालिका कमिटि सचिव प्रेम सुवेदीले जानकारी गराएका छन ।बैजनाथ गाउँपालिका कमिटि अध्यक्ष इन्द्र थापाको अध्यक्षतामा संचालन गरिएको पूर्ण बैठकको प्रमुख अथिति प्रदेश कमिटि सदस्य नन्द विश्वकर्माको प्रमुख अतिथित्मा संचालन गरिएको थियो । पूर्ण बैठकमा ७५ जना कार्य समिति र अथिति गरी ८५ जनाको सहभागिता रहेको थियो ।  बैठक बैजनाथ गाउँपालिका वडा न ३ मा सञ्चालन गरिएको थियो ।

  • २९ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech