बर्दिया : बर्दिया प्रहरीले उपचारको निहुँमा नावालिकमाथि बलात्कार गरेको अभियोगमा एक बृद्धलाई नियन्त्रणमा लिएर अनुसंस्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले दिएको जानकारी अनुसार बिगत १ वर्षदेखि मृगी (छारे) रोगको उपचार गराई रहेकी नाबालिकालाई गत कात्तिक २३ गतेको बिहान १० बजे ती बृद्धले आफ्नै घरमा करणी गरि रहेको अवस्थामा अर्को उपचारमा आएको विारमीले भेट्टाएपछि फरार भएका थिए ।
घटनापछि आफु प्रहरी नियन्त्रणमा पर्ने त्रासले भागेका उनी गत २४ गते भारततर्फ भाग्दै गरेका अबस्थामा राजापुर नगरपालिका वडानं. ९ भिम्मापुरबाट पक्राउ गरी जबरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी समेत रहेका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले जानकारी दिए ।