२३ बैशाख २०८२, मंगलवार

कोहलपुरमा संस्थापनइतर शाहको प्यानल नै विजयी
  • न्युज मानसराेवर

कोहलपुर \ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन कोहलपुर नगर सभापति बिरेन्द्र कुमार शाहको प्यानल विजयी भएको छ ।
संस्थापनइतर समुह बाट शाह प्यानल चुनावी मैदानमा उत्रिइएको थियो । शाहका विरुद्ध संस्थापन समुह बाट राजेन्द्र श्रेष्ठको प्यानल निर्वाचनमा होमिएको थियो । बिरेन्द्र कुमार शाहले १सय ६० मत ल्याउदा राजेन्द्र श्रेष्ठले कूल १ सय ४४ मत प्राप्त गरेका थिए ।

यसै गरी उप सभापतिमा संस्थापन इतर समुहका भरत शर्मा र सुशिल सापकोटा विजयी भएका छन। उनीहरुलाई संस्थापन समुहका चेतकान्त भट्राइ र अंशुमान चौधरी मैदानमा चुनौति दिइएका थिए । उपसभापति शर्मा र सापकोटाले क्रमश १ सय ६७ मत प्राप्त गर्दा भट्राइले १ सय ३९ र चौधरीले १सय २८ मत ल्याएका थिए । सचिवमा समेत संस्थापनइतर समुह विजयी भएका छन।

नगर सचिवमा गोविन्द्र वाग्ले र बाल कुमार शर्मा विजयी भएका छन। उनीहरुले क्रमश १ सय ८१ मत प्राप्त गरेका थिए । सचिवमा संस्थापन समुह बाट भुम बहादुर भण्डारी १ सय ३२ र भुपेन्द्र शाही १ सय ६ मत मात्र प्राप्त गरेका थिए ।

यसै गरी नगर सह सचिवमा संस्थापनइतर समुहका महेश कुमार चौधरी र रामु लम्साल विजयी भएका छन। उनीहरुले क्रमश १ सय ७७ र १ सय ५० मत प्राप्त गरेका थिए । सहसचिवमा संस्थापन समुह बाट कमल शाही १ सय २९ र कृष्ण बहादुृर पुन मगरले १ सय ३८ मत मात्र प्राप्त गरेका थिए । कांगे्रसको कोहलपुर नगर अधिवेशमा कूल ३ सय १४ मत मध्य ३ सय १३ मत खसेको थियो ।

  • ३ मंसिर २०७८, शुक्रबार प्रकाशित

  • Nabintech