६ बैशाख २०८२, शनिबार

पालिका स्तरीय नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा डोटी नेपाली
  • न्युज मानसराेवर

बैजनाथ\ नेपाल निजामती कर्मचारी संगठन बैजनाथ गाउँपालिका स्तरीय कमिटि सर्वसहमत चयन गरिएको छ ।   बैजनाथ गाउँपालिका स्तरीय कर्मचारीहरुको भेला बाट डोटी नेपालीको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरिएको हो ।

संगठनको उपाध्यक्ष दल बहादुर सुनार ,उपाध्यक्ष लक्ष्मी पौडेल सचिव जनक बहादुर रावत,सह सचिव राम चन्द्र बानीया,कोषाअध्यक्ष जितेन्द्र लामेछाने सदस्यहरुमा सन्तोष जि सी ,खेम सापकोटा ,मिलन विसी ,भीम बहादुर चौधरी ,अनिता वली ,मदन थारु ,हरि प्रसाद पौडेल विर्ष राणा ,निम बहादुर थापा, तलिक के.सी ,टेक बहादुर थारु .सर्वसहमत चयन भएका हुन।

कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादु।र रुचालले निर्वाचित सबै पदाधिकारीहरुलाई शुभकामना व्यक्त गरे । रुचालले कर्मचारीहरुको हित र अधिकारका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको समेत बताएका थिए । निर्वाचित पदाधिकारीहरुलाई  सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य मान बहादुर थापा असोक बाबु सापकोटा जिल्ला अध्यक्ष अग्नी आचार्य लगाएत जिल्ला पदाधिकारीहरुको कार्यक्रममा  सहभागिता रहेको थियो ।  निर्वाचित कार्यसमितिले मनोनित समेत गर्ने अधिकारी दिइएको छ ‘। अन्य साथीहरुलाई समेत मनोनित मार्फत कार्य समितिमा ल्याइने अध्यक्ष डोटी नेपालीले जानकारी गराएका छन ‘।

 

  • ४ मंसिर २०७८, शनिबार प्रकाशित

  • Nabintech