२३ बैशाख २०८२, मंगलवार

कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास
  • न्युज मानसराेवर

कोहलपुर \ युवा तथा खेलकुद मन्त्री मा। महेश्वरजंग गहतराज (अथक)ले राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास गरेका छन । बाँकेको कोहलपुर नगरपालिका वडा नं ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री अथकले महिला क्रिकेट एकेडेमीको शिलान्यास गरेका हुन। मन्त्री नियुक्त भएलगत्तै अथकले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माण गर्ने उद्घोष गरेका थिए ।

शिलान्यास कार्याक्रममा बोल्दै मन्त्री अथकले कोहलपुर क्रिकेट मैदान र राष्ट्रिय क्रिकेट महिला एकेडेमी मन्त्रालयको मुख्य प्राथमिकताका योजना रहेको बताए ।एकेडेमी निर्माणकालागि फास्ट ट्रयाकमा डिपिआर तयार भईसकेको जानकारी दिदैं मन्त्री अथकले आफ्नै कार्यकालमा पुर्वाधार निर्माणको प्रक्रिया सुरु गरीने प्रतिवद्धता व्यक्त गरे ।

रात्रिकालिन खेल संचालन गर्न सकिने तथा आवाशिय सुविधा सहित अन्तराष्ट्रिय स्तरमा निर्माण गरीने एकेडेमीको लागत १ अर्ब २२ करोड अनुमान गरीएको उल्लेख गर्दै मन्त्री अथकले भने “यो बहुवर्षिय योजना हो, आगामी ३ वर्षभित्र सम्पन्न गर्नेगरी तत्कालै पुर्वाधार निर्माणको काम अगाडी बढाईन्छ ।” एकेडेमीको संरचना अनुसार क्रमशः बजेट बढ्दै जाने छ मन्त्री अथकले भनेका छन ।

कोहलपुर नगरपालिकाभित्र निर्माण गर्ने भनिएको कोहलपुर खेल मैदानकालागि ७० लाख बजेट सुनिश्चित भएको मन्त्री अथकले भने । एक पालिका एक खेल मैदानको निति अनुसार कोहलपुर नगरपालिकाले कोहलपुर खेल मैदान निर्माण गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का पदाधिकारी तथा ईन्जिनियरको टोली सहित कोहलपुर पुग्नुभएका मन्त्री अथकले त्यसक्रममा निर्माणाधिन अवस्थामा रहेको कोहलपुर क्रिकेट मैदानको समेत अनुगमन गरिएको थियो । कार्यक्रममा कोहलपुर नगरपालिका मेयर (एल्बी)लुट बहादुर रावत वडा अध्यक्ष स्थानीय नेता कार्यकर्ताहरुको समेत कार्यक्रममा सहभागिता जनाएका थिए ।

  • ५ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech