२३ बैशाख २०८२, मंगलवार

कांग्रेसको बाँके प्रदेश सभा १ (ख) मा बलराम शर्माको प्यानल नै विजयी
  • न्युज मानसराेवर

कोहलपुर \ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँके प्रदेश सभा १ (ख) को सभापतिमा बलराम शर्मा निर्वाचित भएका छन् ।

उक्त प्रदेश सभा क्षेत्रमा संस्थापन इतर (कोइराला /पौडेल) पक्षले पुरै प्यानल जितेको छ । यो सँगै संस्थापन इतर पक्षले बाँकेको प्रदेश सभामा खाता खोलेको छ ।

संस्थापन इतर (कोइराला.पौडेल) पक्षका शर्माले संस्थापन (देउवा) पक्षका महाविर ओलीलाई पराजित गरेर निर्वाचित भएका हुन् । शर्माले १८९ र ओलीले १४६ मत प्राप्त गरे । उपसभापतिमा निर्वाचित भएका भाइराम ओलीले १८६ र डा. राजकुमार सुवेदीले १८१ मत ल्याए । उनका निकटतम प्रतिद्धन्द्धी गौरव रावलले १५३ र गुटु थारुले १४२ मत प्राप्त गरेका छन् ।

सचिवमा निर्वाचित भएका भिमप्रसाद पौडेलले १९५ र लिलबहादुर रानाले १९० मत ल्याए । उनका निकटतम प्रतिद्धन्द्धी अनिताकुमारी बुढाले १४८ र पतिराम थारुले १४५ प्राप्त गरे । सहसचिवमा निर्वाचित भएका यज्ञराज सापकोटाले १८० र रुपलाल बुढाथोकीले १७९ मत ल्याए ।

उनका निकटतम प्रतिद्धन्द्धी विजय पुडासैनीले १६६ र सिताकुमारी बिकले १४२ मत ल्याएको सहायक मतदान अधिकृत(अधिवक्ता) पुर्णप्रसाद ढकालले जानकारी दिए । निर्वाचन कर्मचारीका अनुसार संस्थापन इतर पक्षले प्यानलै जितेको छ ।

  • ५ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech