२३ बैशाख २०८२, मंगलवार

बाँके क्षेत्र नम्बर १ को मत गणना भोली ८ बजेबाट सुरु गरिने
  • न्युज मानसराेवर

कोहलपुर : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत बाँकेको क्षेत्र नम्बर १ को मतगणना शुक्रबार (भोली) बिहानबाट सुरु गरिने भएको छ ।

क्षेत्र नम्बर १ का मतदान अधिकृत (अधिवक्ता) मेहरसिंह खत्रीले उम्मेदवारबीचको सहमति अनुसार बिहान ८ बजेदेखी कोहलपुरस्थित भेरी सितभण्डारमा मतगणना गरिने जानकारी दिए ।

उक्त क्षेत्रमा बिहीबार बिहान ९ः३० बजेबाट सुरु भएको मतदान बेलुकी ५ः३० बजेसम्म चलेको थियो । कुल ६ सय ५ जना मतदाता रहेको उक्त क्षेत्रमा ६ सय १ मत खसेको छ ।

क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी र वर्तमान क्षेत्रीय सभापति माधवराम खत्री(ढकाल) बीच प्रतिस्पर्धा छ । केसी संस्थापन इतर(कोइराला/पौडेल) र खत्री संस्थापन (देउवा) पक्षका हुन् ।

  • ९ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech