१६ बैशाख २०८२, मंगलवार

बाँकेमा कोरोनाका पाँच संक्रमित थपिए
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा सोमवार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ६२ नमुना परीक्षण गर्दा थप ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ३६ नमुना परीक्षण गर्दा २ र मेडिकल कलेज कोहलपुरमा १८ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

बागेश्वरी ल्यावमा ८ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो पटक संक्रमण पुष्टि भएकामध्ये बाँकेका १ जना रहेका छन् । योसँगै कूल संक्रमितको संख्या १८ हजार ४ सय ६० पुगेको छ ।

  • १३ मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech