कोहलपुर \ कोहलपुर नगरपालिका वडा नं३ को नव निर्मित वडा कार्यालय तथा आधारभुत स्वस्थ्य सेवा केन्द्रको भवन उद्घाटन गरिएको
छ ।आज एक कार्यक्रमका विच वडा न ३ को वडा कार्यालय तथा स्वास्थ्य कार्यालय उद्घाटन गरिएको हो । उद्घाटन कोहलपुर नगरपालिका मेयर (एल्बी) लुट बहादुर रावतले गरेका हुन ।
नव निर्मित वडा कार्यालय शभा हल सहित ५ कोठा पार्क,नाली निमार्ण , माटो पटान गरी कूल ६५ लाख र आधारभुत स्वस्थ्य सेवा केन्द्रको भवन २८ लाख लागतमा निमार्ण कार्य सम्पन्न गरिएको कोहलपुर नगरपालिका इन्जिनियर बालकृष्ण महतराले जानकारी गराए ।
वडा कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अथिति मेयर (एल्बी) रावतले भौतिक निमार्णको चरण तिब्रताका साथ संचालन गरिएको दावि गरेका छन । रावतले आफ्नो कार्यकालमा समृद्ध नगर निमार्णमा नै केन्द्रित रहेको दावि गरे । संघियताको मर्म अनुसरण गर्दै १५ वटै वडाहरुमा वडा कार्यालय स्वास्थ्य कार्यालय खाने पानी विद्यालयका भौतिक निमार्णको चरण तिब्रताका साथ सम्पन्न गरिएको बताए । रावतले अब आर्थिक रुपान्तरणमा सबैको जोड रहनु पने बताए ।
उनले आधारभूत हुदै मावि स्तरमा सम्म निशुल्क अध्यन गर्ने वातावरण तयार गरिएको बताए ।उनले प्रविधियुक्त शिक्षा र उत्पादनमुखी नगरको परिकल्पना अनुसार आफ्नो कार्यालयको महत्वपूर्ण उपलब्धी रहेको बताए ।
गरिकका छोरा छोरी डाक्टर नर्स ५० प्रतिशत शुल्कमा अध्ययन गर्ने बातावरण तयार गरिएको उल्लेख गरे । उनले उत्पादनका क्षेत्रको वर्गिकरण गर्दै खुसी नगर निमार्णको जग नगर सरकारले तयार पारेको बताए ।बजारमा छौँ तर कौशि खेतीका लागि आम नागरिकलाई प्रोत्साहन गरेका छौँ युवा उद्यमी बन्नुहोस प्रोत्साह स्वरुप अनुदान र प्राविधिक ज्ञान दिएका छौँ।
मध्य तथा सुदुरश्चिमको केन्द्र कोहलपुरको मुख्य लक्ष्य शिक्षा र उद्योगहरुको हर्वका रुपमा विकास गर्न सबैको सहयोग आवश्यक रहेको बताए । उनले पर्यटन विकासमा भ्यूटावर घण्टाघर आधुनिक वदशाला आधुनिक वस पार्क निमार्ण कार्य सुमेत तिब्र गतिमा काम भइरहेको बताए ।
कार्यक्रममा मौलिक सांस्कृतिक नितृ समेत प्रस्तुत गरिएको थियो ।कार्यक्रममा कार्यापालिका सदस्य वडा अध्यक्ष स्थानीय समाजसेवि राजनितिक दलका प्रतिनिधि इलाका प्रहरी कार्यालय प्रमुख रबिन्द्र खड्का स्थानीय कलाकार वडाका जनताहरुको बाग्लो सहभागिता रहेको थियो ।
कार्यक्रममा कोहलपुर नगरपालिका वडा न ३ का अध्यक्ष माधव रिजालले निर्वाचनमा गरिएका बाचाहरु आफ्नो कार्यालयकालमा सम्पन गरिएको दावि गरे । उनले वडा न ३ लाई समृद्ध वडा बनाउनका निम्ति आवश्यक भौतिक निमार्ण बाटो ,विजुली आन्तरिक पर्यटनको आगमनका निम्ति नगरकै उच्च हनुमान मन्दिर निमार्ण लगाएतका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको दावि गरेका थिए ।