१६ बैशाख २०८२, मंगलवार

आजको मौसम–देशभर बदली रहने
  • न्युज मानसराेवर

बाँके \ हाल  पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव मौसममा  रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण शुक्रबार बिहानैदेखि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती  प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली  रहेको छ।

यस्तै दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने पूर्वानुमान महाशाखाको रहेको छ। सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र देशको उच्च पहाडी र हिमाली भूभागको धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ।

यस्तै राति कर्णाली,  गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली  रहनेछ। कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।

  • १७ मंसिर २०७८, शुक्रबार प्रकाशित

  • Nabintech