२८ फाल्गुन २०८२, बिहीबार

कुहिएको परालमा आगो लगाउँदै बाँकेका किसान
  • न्युज मानसराेवर

बाँके\ बाँकेका किसानहरुले पशु आहाराको प्रमुख स्रोत परालमा आगो लगाउन थालेका छन् । कुहिएको पराल गाईभैंसीले पनि नखाने भएपछि आगो लगाउनु परेको बाँके मन्नीपुरका जगदीशप्रसाद कुम्हारले बताए ।

गाईभैंसीले नखाएपनि खेतमा मल होला भनेर परालमा आगो लगाएको उनको भनाई छ । पराल कुहिएर गुन्द्रुकजस्तो भएको थियो । कतिपयले कुहिएको पराल गहुँ छर्न जोतेको खेतमा मलका रूपमा पनि प्रयोग गरेका छन् ।

कात्तिकको पहिलो साता हुरीसँगै आएको वर्षा र बाढीले पाकेको धानबाली डुबेर खेतमै कुहिँदाको पीडाबाट तंग्री नसकेका किसान अहिले घरपालुवा पशुचौपाया कसरी पाल्ने भन्ने चिन्तामा छन् ।

हिउँदमा हरियो घाँसको अभाव हुन्छ । यस्तो बेलामा पशुलाई खुवाउने पौष्टिक आहार पराल नै हो । धानबालीको क्षतिपूर्तिसमेत नदिएको सरकारले पशुआहार उपलब्ध गराइदेला भन्ने किसानलाई झिनो आशा पनि छैन ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार बाँकेमा २ लाख २० हजारभन्दा बढी गाईगोरु छन् । २ लाख ४३ हजार ५ सय ३९ राँगाभैंसी छन् । यो सरकारी तथ्यांकभन्दा धेरै पशुचौपाया भएको अनुमान छ ।

  • १७ मंसिर २०७८, शुक्रबार प्रकाशित

  • Nabintech