२७ बैशाख २०८२, शनिबार

बीउ नपाउँदा किसान मर्कामा
  • न्युज मानसराेवर

बाँके/बाँकेका किसानहरुले वीउविजन नपाएको गुनासो गरेका छन् । हरियो तरकारी खेती गर्ने सिजनमा वीउविजन पाउन नसकेको भन्दै किसानहरु चिन्तित भएका छन् ।

डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाका किसान नरेश धोवीले गोलभेडा, टमाटर, काउलीलगायतको वीउ नपाएको गुनासो गरे । किसानले समयमै वीउविजन तथा रासायनिक मल नपाउँदा आन्तरिक उत्पादनको ठूलो हिस्सा सीमापारी भारतीय तरकारीले ओगटेको छ ।

चौधरीपूर्वा बाँकेका किसान सन्तराम कोरीले वीउविजन नपाउँदा तयार पारे जतिको जग्गामा हरियो तरकारी लगाउन नसकिएको बताए ।

नेपालगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको चार महिनामा मात्रै भारतबाट आएको करिव ६० करोडको हरियो तरकारी नेपालगञ्जमा खपत भएको छ ।

भन्सार छलेर साइकलबाट पनि ठूलो परिमाणमा भारतीय तरकारी नेपाली भान्छामा पुग्ने गरेको छ ।

  • १८ मंसिर २०७८, शनिबार प्रकाशित

  • Nabintech