बाँके\ साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, चाँदी प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।