२४ फाल्गुन २०८२, आईतवार

बाँकेमा दुईजनामा कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा आइतवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ४३ जनाको नमुना जाँच गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

कोहलपुर मेडिकल कलेजमा २२ जनाको नमुना परीक्षण गरिएकोमा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ । बागेश्वरी ल्यावमा २१ जनाको नमुना जाँच्दा कसैलाई कोरोना देखिएन् ।

संक्रमण पुष्टि भएकामध्ये १ जना बाँकेका छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ४ सय ६५ पुगेको छ ।

  • १९ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech