७ जेष्ठ २०८२, मंगलवार

बैजनाथमा मेलमिलापकर्तालाई तिन दिने पुर्नताजगी तालिम शुरु
  • न्युज मानसराेवर

बैजनाथ\बैजनाथ गाउँपालिकाको आयोजनामा मेलमिलापकर्ताहरूका लागि तिन दिने पुर्नताजगी तालिक संचालन गरिएको छ ।

बैजनाथ वडा न १,२,३,४ का  मेलमिलापकर्ताहरूलाई तिन दिने पुर्नताजगी तालिम शुरु गरिएको हो ।न्यायिक समिति संयोजक तथा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकको अध्यक्षतामा आज पुर्नताजगी तालिमको उद्घाटन गरिएके छ ।

कार्यक्रममा बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले न्यायिक क्षेत्रको कार्य सम्पादनमा बैजनाथका मेलमिलापकर्ताहरूको   महत्वपूर्ण योगदान रहेको बताए । उनले थप शसक्त र कानूनी आधारभूत कुराहरु तालिम बाट प्राप्त गरि न्यायिक सम्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरे।

कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा रेग्मी विकले बैजनाथ गाउँपालिकामा न्यायिक मेलमिलापकर्ताहरूको  क्रियाशिलतामा  जिल्ला कै उत्कृष्ट गाउँपालिका बनाउन सफल भएको बताएकी छन । विकले अदालतमा हुने ठिला सुस्ति मध्य नजर गर्दै आज भोलि न्यायिक समितिमा उजुरी दिने र मेलमिलापका माध्यम बाट मुद्धाहरु सहज रुपमा या भनौँ दुवै पक्षहरुलाई विजयी दिलाउन न्यायिक सहजीकरणमा मेलमिलापकर्ताहरूको भूमिका उल्लेखनीय योगदान रहेको बताइन् 

विकले न्यायिक क्षेत्रमा कार्य सम्पादन गर्नाका लागि आवश्यक पर्ने आधारभूत बैठक कक्ष लगाएतका विषयहरुमा गाउँपालिकाले गहन रुपमा लिइएको समेत जानकारी गराईन।

कार्यक्रममा बैजनाथ गाउँपालिका वडा न १,२ ४ का वडा अध्यक्ष कार्यपालिका सदस्यहरु न्यायिक समितिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो । बैजनाथ गाउँपालिकाका सूचना अधिकारी तप्तराज आचार्यले उद्घाटन कार्यक्रमको संचालन  गरेका थिए । अधिवक्ता सुनिता शर्माले  तिन दिने  तालिमको  सहजिकरण गर्ने छिन।

  • १९ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech