२४ फाल्गुन २०८२, आईतवार

बैजनाथ ३ मा १६ दिने लैङ्गिक हिंसा सम्बन्धि अभिमुखीकरण
  • न्युज मानसराेवर

बैजनाथ \लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बैजनाथ गाउँपालिमा वडा न ३ मा अभिमुखिकरण कार्यक्रमको आयोजना गरी मनाइएको छ ।हामीले अभियानका रुपमा बैजनाथ गाउँपालिकाका सबै वडाहरुमा लैङ्गिक हिंसा विरुद्ध गाउँका दिदीबहिनीहरु सँग अन्तरक्रिया र अभिमुखिकरण गर्दै मनाएको छौँ।’ महिला तथा बालकालिका शाखा प्रमुख लक्ष्मी ज्ञवालीले न्यूज मानसरोबर लाई जानकारी गराएकी छिन ।

ज्ञवालीका अनुसार आज बैजनाथ गाउँपालिका वडा न ३ मा अन्तरक्रिया तथा अभिमुखीकरण संचालन गरिएको थियो ।

कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विक आर्थिक विकास समिति संयोजक लक्ष्मी थारु कार्यपालिका सदस्य पद्मा रोकायाले अभिमुखीकरण कार्यक्रममा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको सहजीकरण महिला तथा बालकालिका कार्यालय प्रमुख लक्ष्मी ज्ञवालीले गरेकी थिइन ।

९ गते देखी २४ गते सम्म विभिन्न कार्यक्रमको आयोजना गरी १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान संचालन गरिने बताइएको छ।

  • १९ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech