१६ बैशाख २०८२, मंगलवार

मौसममा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव, कहाँ–कहाँ वर्षाको सम्भावना ?
  • न्युज मानसराेवर

बाँके\ नेपालको पश्चिमी भूभागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण सोमबार बिहानैदेखि देशको सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै बाँकी भूभागको मौसम समान्य रहेको छ ।

महाशाखाले सोमबार दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ । यस्तै सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै ती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

यसैगरी राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा प्रदेश १, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

  • २० मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech