२९ बैशाख २०८२, सोमबार

एमाले नेता ढकालको जिल्लामा सक्रियता
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमाले बाँकेका इन्चार्ज सुर्य ढकालले कोहलपुर नगर कमिटि वडा कमिटि संग छलफल गरेका छन ।  ढकालले मतदाता नामावली अभियान पार्टीको जिल्ला अधिवेशन केन्द्रित अनौपचारिक बैठक मार्फत छलफल गरेका हुन।

कार्यक्रममा जिल्ला अध्यक्ष निरक गुरुङ ,पार्टी प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी सदस्य ,क्षेत्रीय कमिटी ,नगर कमिटीका पदाधिकारी सदस्यहरु लगायतको उपस्थिति मा मतदाता नामावली दर्ता अभियानलाई  प्रभावकारी बनाउदै जिल्ला र प्रदेश अधिबेसन मा कोहलपुर नगर कमिटी बाट  सहभागिता र कार्य विभाजनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक रहेको बताइएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले अब हुने निर्वाचन केन्द्रित रहेर पार्टीलाई चलाएमान गराउन आवश्यक रहेको बताए । कार्यक्रमा नेकपा जिल्ला अध्यक्ष निरक गुरुङ लगाएतले आ आफ्नो धारणा राखेका थिए ।

नगर कमिटि अध्यक्ष खिल प्रसाद भूसालको अध्यक्षतामा कार्यक्रम संचालन गरिएको थियो ।

  • ६ पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech