बैजनाथ \बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले विविध चाडपर्वको माध्यमबाट भावनात्मक एकता सुदृढ बनाउन सहयोग मिल्ले बताएका छन।
इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष रुचालले विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि हुने विश्वास लिइएको बताएका छन।
क्रिसमस डेजस्ता पर्वले सबै नेपालीबीच आपसी विश्वाकस, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज तथा समुन्नत बैजनाथ गाउँपालिका निर्माणतर्फ अग्रसर हुन सबैमा प्रेरणा प्रदान गर्ने आशा लिएका छन।
इसाई धर्मका संस्थापक प्रभु येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर भव्य रुपमा मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस डे पर्व मनाउने गरिन्छ ।