६ बैशाख २०८२, शनिबार

बैजनामा स्थानीय क्लबका पदाधिकारीहरुलाई एक दिने अभिमुखिकरण सम्पन्न
  • न्युज मानसराेवर

बाँके बैजनाथ\बैजनाथ गाउँपालिकामा स्वास्थ्यका लागि खेलकुद राष्ट्रिका लागि खेलकुद भन्ने नारा सहित स्थानीय क्लबहरुका पदाधिकारीहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । बैजनाथ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा क्लबका पदाधिकारीहरुलाई एक दिने अभिमुखिकरण गरिएको हो ।

बैजनाथ गाउँपालिका क्षेत्रमा कूल १२ वटा संस्थागत रुपमा क्लबहरु दर्ता भएका छन।कार्यक्रममा प्रमुख अथिति बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले स्थानीय स्तरमा खेलकुदको विकासमा स्थानीय खेलकुद समितिको महत्वपूर्ण जिम्मेवारी रहेको बताए ।

उनले  स्थानीय खेलकुद विकास समिति मार्फत संस्थागत रुपमा विधा अनुरुपका विषयगत संघ निमार्ण गरिने बताए ।स्थानीय स्तरमै अब  रेफ्री लगाएत जनशक्ति उत्पादन गर्नु पर्ने औल्याए । रुचालले स्थानीय स्तरमा विधि अनुसार  दर्ता भएका क्लबहरुका निम्ति  स्थानीय सरकारले खेलकुद विकास समिति मार्फत  आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

स्थानीय क्लबहरु खेलकुद प्रतियोगिता मात्र सिमित नभएर अब  समाज रुपान्तरण र सामाजिक रुपमा रचनात्मक क्रियाकलाप संचालन गर्नु पर्ने धारणा राखे । बैजनाथ गाउँपालिका  लागु औषधको मुख्य गन्तव्य बन्दै गइरहेको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष रुचालले क्लबहरुको क्रियाशिल अब लागु औषध नियन्त्रण तथा न्यूनिकरणका लागि समेत स्थानीय खेलकुद विकास समितिसँगको समन्वय मार्फत कार्यक्रमहरु संचालन गर्न आवश्यक देखिएको बताए । कार्यक्रममा बैजनाथ गाउँपालिका खेलकुद विकास समिति मार्फत संचालन गरिएको एक दिने अभिमुखकिरण कार्यक्रममा बैजनाथ गाउँपालिका स्तरीय खेलकुद विकास संचालन कार्यविधि २०७७ले गरेका व्यवस्था बारे जानकारी गराइएको थियो ।यसै गरी गाउँपालिका स्तरीय खेलकुद विकास संचालन कार्यविधि २०७७ले निर्देशित गरेको स्थानीय क्लब संघ संस्था परिचाल सम्बन्धित आवश्यक अभिमुखीकरण गरिएको खेलकुद विकास समिति संयोजक डिल विश्वकर्माले जानकारी गराए ।

कार्यक्रममा १२ ओटा स्थानीय क्लबहरुलाई स्थानीय खेलकुद विकास समिति संचालन कार्यविधि तथा क्लब दर्ता प्रमाणपत्र समेत हस्तान्तरण गरिएको थियो । शिक्षा शाखा प्रतिनिधि लाल बहादुर बोहराले संचालन गरेको कार्यक्रमको खेलकुद विकास समिति संयोजक दिल विश्वकर्माको अध्यक्षतामा  अभिमुखिकरण  सम्पन्न गरिएको थियो ।

  • १४ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech