कोहलपुर । बाँकेकाे नेपालगंज उपमहानगर पालिका वडा नं. १ नन्दनमिल आगाडि जनमत पार्टीका ९ जनालाई पक्राउ गरेको छ । डा.सिके रावत नेतृत्व गरेको जनमत पार्टी को केन्द्रिय कार्यक्रम अनुसार जिल्लाहरुमा दिवा कालको लागि अनिश्चित कालिन बन्द गर्ने घोषणानुसार खजुरा सडक यातायात बन्द गर्ने क्रममा जनमत पार्टीका नेता कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनमत पार्टी जिल्ला आध्यक्ष जाबिर हलवाइ, रियाज अहमद शेख, प्रलहाद यादव, हरपाल सिह सोडि, राजिव राम बर्मा, सलिम अन्सारी, हेमराज धोवी, बिष्णु कुमार तमिल र बिष्णु खटिक रहेका छन् ।