२ जेष्ठ २०८२, बिहीबार

बाँकेमा एमालेको प्रथम प्रदेश अधिवेशन सम्पर्क कार्यालय उद्घाटन
  • न्युज मानसराेवर

बाँके। नेकपा एमाले लुम्बिनी प्रदेश स्तरीय अधिवेश भव्य र सभ्य बनाउनका लागि बाँकेमा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।आज नेपालगञ्जमा लुम्बिनी प्रदेश कमिटीका पदाधिकारीको विस्तारित बैठकले सम्पर्क कार्यालय खोल्ने निर्णय गरे संगै नेकपा एमाले बाँके कार्यालयमा नै सम्पर्क कार्यालय उद्घाटन गरिएको हो ।

राधाकृष्ण कडेलको अध्यक्षतामा लुम्बिनी प्रदेश कमिटीका पदाधिकारीको विस्तारित बैठक बसेको थियो ।

कमिटिले देश स्तरीय प्रथम अधिबेशनका लागि विभिन्न निर्णयहरु गरेको छ ।बैठकमा बाँके र बर्दिया पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज र प्रदेश सदस्य हरुको सहभागिता रहेको थियो ।

बैठकमा समितिका संयोजक निरक गुरुङ ,आरति पौडेल ,दुर्गा थारुले प्रदेश अधिवेशनका लागि गरिएका कार्य सम्पादन बारे जानकारी गराएका थिए ।

नेकपा एमालेको प्रदेश स्तरीय प्रथम अधिवेशन माघ ८ गते बाँकेमा गरिने बताइएको छ ।

  • १५ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech