२ जेष्ठ २०८२, बिहीबार

लुम्बिनी प्रदेशले करारमा माग्यो ४३६ कर्मचारी
  • न्युज मानसराेवर

बाँके\ लुम्बिनी प्रदेश सरकार, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। मन्त्रालयले करार सेवामा ४ सय ३६ जना कर्मचारीको माग गरेको हो।

मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि ४ सय ३६ कर्मचारी करार सेवामा भर्ना गर्न लागेको हो। त्यसका लागि शुक्रबार दरखास्त आह्वान गरिएको छ।

१५ दिनभित्र आवेदन दिन भनिएको छ। मन्त्रालयले प्रदेशका सबैजसो जिल्लामा नायक प्राविधिक सहायक र नायव पशु सेवा प्राविधिकका लागि विज्ञापन आह्वान गरेको हो।

  • १६ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech