बाँके बैजनाथ । बैजनाथ गाउँपालिकामा बाख्रा लाई जुकाको औषधि खुवाइने अभियान तिब्र बनाइएको छ। बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा संचालित साना किसान उद्यमी सुदृढिकरण परियोजना अन्तगत बैजनाथ गाउँपालिकाका सबै वडाहरुमा जुकाको औषधि खुवाइने अभियान संचालन गरिएको हो ।पशुपंक्षि नस्ल सुधार अभियान हाम्रो प्रथम उदेश्य हो।’त्यसका लागि बाख्रालाई जुकाको खोप अनिर्वाय छ ‘। परियोजनामा आवद्ध प्राविधि संयोजक अमर खड्काले भनेका छन।
हाल सम्म वडा १,२,३ र ७ गरी कूल एक हजार दुई सय संख्यामा बाख्रा लाई जुकाको औषधि खुवाइ सकिएको छ । परियोजनाको लक्ष दश हजार डोज बाख्रा लाई जुकाको औषधि खुवाइने छ ।’ त्यसै अनुरुप हामी सबै अभियानमा केन्द्रित छौँ।’ प्राविधि संयोजक खड्काले जानकारी गराएका छन।’ परियोजनामा प्राविधि सहयोग हेफर प्रोजेक्ट नेपाल र उत्पििडत सामुदायिक विकास केन्दले गरेका छन।