७ बैशाख २०८१, शुक्रबार

प्रतिनिधि सभा विघटन हुँदैमा विकास निर्माणका काम ठप्प नहुने : मुख्यमन्त्री पोख्रेल
  • न्युज मानसराेवर

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रतिनिधि सभा विघटन हुँदैमा विकास निर्माणका काम ठप्प नहुने बताएका छन् ।

बाँकेको खजुरा गाउपालिकाको धनौली चौकी–गौघाट बर्दिया हुलाकी सडक जोड्ने सडकको ग्राभेल, नाली तथा कल्र्भट निर्माण कार्य तथा नेपालगन्ज उपमाहनगर र डुडुवा गाउपालिकाको गन्धेली नालामा निर्माण गरिएको पुल छुट्टाछुट्टै उद्घाटन गर्दै सो कुरा बताएका हुन ।

उनले देशमा भित्र विद्यमान रहेको राजनीतिक प्रणालीमा रहेका केही विकृतिमा सुधार ल्याउने उदेश्यले प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाईमा ताजा जनादेश लिन निर्बाचनमा होमिनु परेको स्पष्ट पार्दै भने–‘ प्रधानमन्त्री ओलीको अनुहार देखाई दुई तिहाई नजिक जनादेश ल्याउने र विचमै फेर्ने कुराले अधिनायत्व लाद्ने भएकोले पार्टी भित्रको बिकृतिलाई सुधार ल्याउन प्रधानमन्त्रीकै अगुवाईमा ताजा जनादेशको लागि जान लागिएको हो ।’

मुख्यमन्त्री पोखरेले प्रतिनिधि सभा विघटन गर्दैमा विकासको गतिलाई रोकिन्छ भन्ने चिन्त नलिन अग्रह गर्दै अब झन विकसको गतिबिधिलाई तीब्र पारी अघि बढ्नुको विकल्प नभएको बताउदै बिकासको गतिलाई संसद बिघटन हुँदैमा नरोकीने स्पष्ट पारे ।

मुख्यमन्त्री पोखरेलले उदघाटन गर्नुभएको सो सडक कृषि सडकको रुपमा रहेको र ८ मिटर चौडा र दुबैतिर ५० सेन्टीमिटर सोल्डर सहितको ५ किलोमिटर १ सय मिटर लम्बाईको ४ करोड ९ लाख लागत रहेको छ । सो सडकले खजुरा धनौली क्षेत्रका मात्र नभई बाँके बर्दियाका किसानको उत्पादनलाई बजारसम्म पुराउन सहयोग पुग्ने विश्वास लिईएको छ ।

यसैगरी सोमबार नै मुख्यमन्त्री पोखरेलले नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउपालिकाको सिमानमा रहेको गन्धेली नालामा निर्माण गरिएको पुलको पनि पनि उद्दघाटन गरेका छन् ।

सो पुल १ करोड १४ लाख ५४ हजार ८ सय १ रुपैयाको लागतमा निर्माण भएको सडक पूर्वाधार कार्यालय नेपालगन्जका प्रमुख गोविन्द महतराले जानकारी दिए । मुख्यमन्त्री पोखरेलका साथमा भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरी, कृषि भूमिव्यवस्था तथा सहकारी मन्त्री आरती पौडेल, लुम्बिनी प्रदेश सभा सदस्य विजयबहादुर यादव, बाबुराम गौतम, चिन्तावती कुर्मीलगायतको टोली सो अवसरमा उपस्थित रहेका थिए ।

  • २७ पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech