८ कार्तिक २०८२, शुक्रबार

कांग्रेसका भ्रातृ संस्थाको म्याद ६ महिना थपियो
  • न्युज मानसराेवर

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भ्रातृ संस्थाहरुको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ।

आज मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो।

यसअघि आजै बसेको कांग्रेस पदाधिकारी बैठकले सरकारविरुद्ध देशव्यापी रुपमा तीनदिने आन्दोलन घोषणा गरेको थियो। बैठकले माघ १९ गते देभभर भ्रातृ संस्थाले विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।

यस्तै २४ गते शुभेच्छुक संस्थाले र ३० गते ७७ वटै जिल्लामा प्रदर्शन गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। नेपाल समय

  • १३ माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech