बाँके बैजनाथ । कोहलपुर नगरपालिकाको आठौँ नगरसभा सुरु भएको छ । कोरोना कहरपछि लामो समयको अन्तरालमा नगरपालिकाको आठौँ नगरसभा सुरु भएको हो ।
आइतबारबाट सुरु भएको सभा विद्यामान समसामयिक विषयमा शुन्य समयमा व्यापक छलफल भएको छ ।
यस्तै सभामा विभिन्न पाँच विद्ययेक प्रस्तुत भएका छन् ।
सभामा नगर प्रहरी विद्ययेक २०७७ र अपांगता भएका व्यक्तिहरुको अधिकार, संरक्षण र सर्वद्धन सम्बन्धी विद्ययेक २०७७ पेस भएको कोहलपुर नगरपालिकाले जनाएको छ ।
उक्त सभामा जलस्रोत उपयोग विद्ययेक २०७७ र भौतिक पूर्वाधार विकास सम्बन्धि विद्ययेक २०७७ र तथ्यांक तथा अभिलेख विद्ययेक २०७७ पेस भएको जनाइएको हो ।
आठौँ सभाको औपचारिक सभामा कोहलपुर नगरपालिका अन्तर्गत विद्ययेक समितिका संयोजक तथा कार्यालिका सदस्य भिम बहादुर नेपालीले प्रस्तुत गरेका थिए ।
उनले सभामा प्रस्तुत विद्ययेक सम्पूर्ण सदस्यहरुलाई अध्ययनको लागि दिइएको जानकारी दिए । विद्ययेकहरुको बृहत अध्ययनपछि पुनःबस्ने सभामा दफाबार छलफल हुनेछ ।
आइतबारको सभामा ६ जना नगर सभाका सदस्यहरुले शुन्य समयमा समसामयिक विषयमा आफ्ना धारणा राखेका थिए ।
कोहलपुर नगरपालिकामा जग्गा सम्बन्धी, विकास निर्माण कार्य तथा अन्य विषयमा आफ्ना धारणा राखेको सदस्य नेपालीको भनाइ छ ।
आइतबारको सभामा सभाका सदस्य तथा कोहलपुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष गोपीलाल खनालले जग्गा तथा लालपूर्जा वितरणका विषयमा धारणा राखेका थिए ।
यस्तै वडा नम्बर ११ का अध्यक्ष कर्ण बहादुर थापा, वडा नम्बर १५ का अध्यक्ष पतिराम थारु र वडा नम्बर १० का अध्यक्ष नीम बहादुर चलाउनेले बोलेका थिए ।
यस्तै नगर कार्यपालिकाका सदस्य दयाराम विक र लिला पाण्डेले बोलेका हुन् ।संविधानमा स्थानीय सरकारलाई २२ वटा अधिकार दिएको छ ।कोहलपुर नगरपालिकामा अहिले सम्म १५ वटा ऐन निर्माण भइसकेको छ ।
थप ५ वटा विद्ययेक सभामा प्रस्तुत भएका छन् ।