७ जेष्ठ २०८२, मंगलवार

क्षयरोग सम्बन्धि प्रथम चौमासिक कोहर्ट समिक्षा सम्पन्न

समुदायमा २३५ क्षयरोग का बिमारी हरु पत्ता नलागी लुकि बसेका को अबस्था

  • रामकृष्ण छिनाल

बाँके बैजनाथ । क्षयरोग सम्बन्धि प्रथम चौमासिक कोहर्ट समिक्षा गरिएको छ ।

बैजनाथ गाउँपालिकाको आयोजनामा बैजनाथका स्वास्थ्य शाखाहरुको चौमासिक समिक्षा गरिएको हो । समिक्षामा प्रविधिमैन्त्रि तथा आधुनिक भवन तथा उपकरणहरुको आवश्यक रहेको स्वास्थ्य शाखाका प्रतिनिधिहरुले समिक्षामा औल्याए ।

समिक्षामा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले दक्ष प्राविधि बनाउ र प्रभाकारी सेवा विस्तार गर्नाका लागि आवश्यक बजेट पालिका स्तर बाट विनियोजना गरिने जानकारी गराइन् । विकले क्षयरोग निवारणका लागि आवश्यक प्रविधि समेत उपलब्ध गराइने उनले भनिन् ।


कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत दान ब ऐडीले क्षेय रोग निवारण गर्ना पालिका स्तरमा रहेका सबै आधारभूत सेवा केन्द्रमा आवद्ध कर्मचारीहरुको क्षमता अभिबृद्धि गराइने उल्लेख गरे ।

यसै गरी  स्वस्थ्य कार्यलय बाँके का फोकल पर्सन मानब नेपाली ले अझै समुदायमा २३५ क्षयरोग का बिमारी हरु पत्ता नलागी लुकि बसेका को अबस्थामा बैजनाथ पालिका ले खोजीखोजी क्षयरोग का बिरामी पत्ता लगाइ उपचार मा ल्याउने काम को सराहनीय कार्य प्रति धन्यवाद दिए ।

बैजनामा हाल सम्म क्षय रोग ३६ जना क्षय रोगिको संख्या रहेको बताउदै उनीहरुको उपचार भइरहेको बैजनाथ स्वास्थ्य शाखा प्रमुख लक्षमण शाहीले जानकारी गराए ।

शाहीले कही दिनमा नै वडा स्तरमा जनचेतना मार्फत क्षय रोगीहरुको पैचान गरी उनीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य यूनिट परिचालन गराइने उल्लेख गरे ।

  • ३ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech