बाँके बैजनाथ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बाँकेको भेरी अस्पतालमा उपचाररत एकजना स्टाट नर्सको मृत्यु भएको छ ।
भेरी अस्पतालका मेसु डा. प्रकाशबहादुर थापाका अनुसार दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २० वर्षीया स्टाफ नर्सको मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनअघि उनी भेरी अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि ३/४ दिनयता भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । तीन महिनाको सुत्केरी समेत रहेकी उनको उपचारकै क्रममा आज बिहान करिब १० बजे मृत्यु भएको हो ।’
यसअघि आइतबार राति १२ बजे बाँकेको कोहलपुर नगरपालिका-१४ का ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।