१५ चैत्र २०८०, बिहीबार

बाँकेमा कोरोनाबाट थप तिन जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेमा कोरोना संक्रमणका कारण थप ३ जनाले ज्यान गुमाएका छन । जिल्लाका बिभिन्न अस्पतालमा उपचार गराईरहेका ३ जनाको उपचारकै क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २ जना बाँकेका र १ जना दाङका संक्रमित रहेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

सोमबार बिहान ६:२० बजे तुलसिपुर उपमहानगरपालिका ९ दाङकी ७४ वर्षिया महिलाको उपचारकै क्रममा मृत्यु भएको थियो । बैशाख १२ गते पिसिआर परिक्षणका क्रममा कोरोना संक्रमण देखिएपछि ति महिलालाई १३ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर भर्ना गरीएको थियो । अस्पताल भर्ना भएको एक दिनपछि उपचारकै क्रममा कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

त्यसैगरी भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोहलपुर नगरपालिका १ की ६० वर्षिया महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बैशाख १० गते नेपालगन्ज मेडिकल कलेजमा पीसीआर परिक्षण गराएकी ति महिलामा कोरोना संक्रमण देखिएपछि उपचारकालागि बैशाख ११ गते भेरी अस्पतालमा भर्ना गरीएको थियो । अस्पतालमा भर्ना भएर उपचार गराईरहेकै अवस्थामा १४ गते बिहान २:४० बजे ति महिलाको मृत्यु भएको हो ।

यसअघि सोमबार राती नेपालगन्ज उपमहानगरपालिका ३ का २६ वर्षिय युवाको उपचारकै क्रममा मृत्यु भएको थियो । बैशाख १२ गते नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको प्री आइसोलेसनमा भर्ना भएका ति युवालाई १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएको केही समयपछि सोमबार राती ८:३० बजे उपचारकै क्रममा ति युवाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

योसँगै बाँकेमा बाहिर जिल्लाबाट उपचारका लागि आएका १०६ जनाको मृत्यु भएको छ भने कोरोना संक्रमणका कारण बाँकेकै ९२ जनाले हालसम्म ज्यान गुमाएका छन् ।

  • १४ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech