बाँके बैजनाथ । बैजनाथ गाउँपालिकाले रामधान र राधा ४ उन्नत जातका धानको विउ तथा फलफुलका विरुवा वितरण गरेको छ ।
उनीहरुलाई ५० प्रतिशत अनुदानमा उक्त उन्नत जातको धानको विउ र फलफुलका विरुवा वितरण कार्य शुरु गरिएको वैजनाथ गाउंपालिका कृषि विकास शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले जानकारी गराए ।
उन्नत जातको १५०० के.जी. रामधान र १५०० के.जी. राधा–४ धानको विउ ९ सय ७५ बोट लिची र ९सय ७५ बोट आंपका विरुवा राष्ट्रिय कृषक समूह महासंघ नेपाल नामक गैरसरकारी संस्थाको आर्थिक सहयोग तथा कृषि शाखा बैजनाथको प्राविधिक सहयोगमा गाउंपालिकाका आठ वटै वडाहरुमा वितरण कार्य शुरु गरिएको हो ।
वितरण कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले कृषकहरुलाई उक्त धान र फलफुलका विरुवा प्रदान गरेका थिए ।रुचालले समन्यन तथा सहयोगी सबै प्रति आभार समेत प्रकट गरे । उनले बैजनाथ गाउँपालिको आर्थिक वर्ष २०७८।७९ को नीति तथा कार्यक्रममा एक वडा एक उत्पादन क्षेत्र (जोन) का लागि आवश्यक बजेटको व्यवस्थापन गरिने समेत उल्लेख गरेका छन् ।