२३ माघ २०८१, बुधबार

कोहलपुरमा ५ दिने आधारभूत पत्रकारिता तालिम समापन
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर । कोहलपुरमा ५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न गरिएको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग तथा रेडियो प्रतिबोध एफ एमको आयोजनामा तालिमको आयोजना गरिएको थियो ।

आधारभूत पत्रकारीता तालिमको समापनमा बोल्दै कोहलपुर नगरपालिका वडा न ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले पत्रकार राज्यको महत्वपूर्ण अंग भएका कारण राज्यलाई सधै जनताप्रति जवाफदेही बनाउने औजारका रुपमा पत्रकार हुने बताए ।  थापाले आधारभूत सिकाइहरु बाट समाज रुपान्तरण तर्फ केन्द्रत हुन आग्रह गरेका थिए ।

५ दिने आधारभूत तालिमको प्रशिक्षकका रुपमा पत्रकार मधु शाही ,पवित्रा परियार, शिव सुनार ,जीवन ठकुरी लगाएतले सहजीरकण गरेका थिए । आधारभूत पत्रकारिता  तालिममा ३३ जना सहभागि रहेका थिए । कार्यक्रममा एफ. एम संचालक समितिका अध्यक्ष बुद्ध सुनार वडा अध्यक्ष कर्ण थापाले सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

  • २३ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech