१ मंसिर २०८२, आईतवार

नगरसभामा आव २०७८\०७९ को विनियोजन विधेयक पेश
  • न्युज मानसराेवर

कोहलपुर। कोहलपुर नगरपालिकाको नवौ नगरसभाको चौथो बैठकमा आर्थिक वर्ष २०७८\०७९को विनियोजन विधेयक पेश गरिएको छ । नगरसभामा कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले आर्थिक वर्ष २०७८\०७९को विनियोजन विधेयक पेश गर्दै कोहलपुर नगरपालिकाको कुल बजेट १ अर्ब २२ करोड ८३ लाख ६९ हजार रहेको बताएकी छिन् ।  नगरपालिकाका विभिन्न विषय गत शाखा अन्तर्गत शिक्षा शाखामा ३३ करोड, महिला बालबालिका शाखामा ११ करोेड, आयुर्वेद शाखामा २३ लाख, अन्य कार्यक्रम अन्तर्गत २ करोड, आर्थिक विकास शाखा अन्तर्गत ३९ करोड र वातावरण तथा विपद व्यवस्थापन शाखा तर्फ १ करोड १६ लाखको प्रस्तावित बजेट नगरसभामा उपप्रमुख सञ्जु कुमारी चौधरीले पेश गरेकी छिन् ।  कोहलपुर नगर सभामा पेश भएको बजेट माथि छलफल गरी असार २७ गते नगर सभा सम्पन्न हुने बताईएको छ ।

  • २५ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech