बाँके बैजनाथ। अमेरिकाले १५ लाख नेपालीलाई पुग्ने गरी कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ।
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले अमेरिकाले केही दिनमै १५ लाख नेपालीलाई पुग्ने गरी कोरोनाविरुद्धको खोप निःशुल्क दिने जानकारी गराएका छन्।
उनले नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो इतिहासमा यो खबर आफ्ना लागि अत्यन्तै खुसीको कुरा भएकोसमेत उल्लेख गरेका छन्।
अमेरिकी दूतावासको फेसबुक पेजमार्फत् राजदूत र्याण्डी बेरीले यसबारे जानकारी दिँदै अमेरिका सदैब नेपालीहरुको साथमा रहेको र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहनेसमेत उल्लेख गरेका छन्।