२३ माघ २०८१, बुधबार

मानव बेचबिखन रोक्न सबैको सहकार्य आवश्यकःनगर प्रमुख रावत
  • न्युज मानसराेवर

कोहलपुर।  कोहलपुर नगरपालिका मानव बचेबिखनको उच्च जोखिमा रहेको  एक कार्यक्रममा सरोकारवालाले बताएका छन् । कोहलपुर नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा कोहलपुर नगर स्तरिय मानव बेचबिखन विरुद्धको समितिको बैठकमा बोल्दै कोहलपुर  नगर प्रमुख लुट बहादुर (एल्बी) रावतले कोहलपुर लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको केन्द्रविन्दु भएकाले मानव बेचबिखनको उच्च जोखिमा रहेको बताएका  हुन ।

राप्तीसोनारीदेखि बैजनाथ सम्मको भू–भागमा कोहलपुर केन्द्रबिन्दु भएकाले मानव बेचबिखनमा परेकाहरुलाई उद्धार गरी राख्नका लागि सेन्टरको निर्माणका लागि सहयोग गर्न  कोहलपुर  नगर प्रमुख रावतले सबैलाई आग्रह समेत गरेका छन् ।

यसै गरी  कोहलपुर नगरपालिका सामाजिक विकास समितिकी संयोजक नारायणी वलीले कोरोना भाईरसका कारण जारी लकडाउनमा मानव बेचबिखनका घटनाहरु बाहिर आएकाले स्थानिय प्रहरीको सहयोगमा केहिलाई उद्धार समेत गरिएको बताएकी छिन् । साथै उनले कोहलपुर नगरपालिकाले मानव बेचबिखनलाई न्यूनिकरण गर्नका लागि विभिन्न सचेतनाका कार्यक्रमहरु समेत संचालन गरिरहेको जानकारी दिँदै प्रत्येक वडाहरुमा किशोरी क्लब गठन गरी स्वयम् किशोरीहरुलाई नै मानव बेचबिखनका बिरुद्ध सक्रिय बनाईरहेको जानकारी गराईन ।

कार्यक्रममा बोल्दै माईती नेपाल बाँकेका संयोजक केशव कोइरालाले बाँकेको अन्य स्थानिय तह भन्दा कोहलपुर नगरपालिकाले मानव बेचबिखनका विरुद्धमा विभिन्न कार्यहरु गरिरहेको जानकारी दिँदै वडा तहबाटै मावन बेचबिखन र वैदेशिक रोजगारका विषयमा सचेतना फैलाउने काम कोहलपुरले गरिरहेको बताएका छन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत कमला जैसीले ईलाका प्रहरी कार्यालय कोहलपुरमा विगत ६ महिना यता मानव बेचबिखन विरुद्ध तीन वटा मुद्धा दर्ता गरी कानूनी प्रक्रियामा लगाडि बढिरहेको बताएकी छिन् ।

कार्यक्रममा सामाज सुधार कार्यक्रम नेपालका शंकर प्रसाद न्यौपानेले मानव बेचबिखनमा परेहरुलाई उद्धार गरी राख्ने स्थान नहुँदा केहि जटिलताहरु आईरहेको बताउँदै कोहलपुर क्षेत्रमा सेन्टरको आवश्यकता परिरहेको बताएका छन् ।

कार्यक्रममा समाजसेवा संस्था, सानाहात नेपाल, अपाङ्ग नवजीवन केन्द्र, कोहलपुर उद्योग वाणिज्य संघ लगायत जनप्रतिनिधि, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

  • २६ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech