१० मंसिर २०८१, सोमबार

बैजनाथका सबै वडा साक्षर घोषणा

'बृह्त रुपमा साउन भित्र पालिका स्तरीय कार्यक्रम गर्दै पूर्ण रुपमा गाउँपालिका साक्षर घोषणा गरिने '

  • न्युज मानसराेवर

बाँके बैजनाथ । बैजनाथ गाउँपालिकाका सबै वडाहरु साक्षर घोषणा गरिएको छ । आज बैजनाथ गाउँपाकिलाले वडा न १ साक्षर घोषणा पश्चात बैजनाथका सबै वडाहरु साक्षर घोषणा भएका हुन।

साक्षर घोषणा मापन औषत मुल्याङकन ९५.५ माथी हुनु पर्छ र त्यसैको आधारमा साक्षर घोषणा गरिएको बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले भनेका छन् । रुचाले ‘कुनै पनि कुरा पूर्ण हु्न सक्दैन भए राम्रो हो ‘तर आधार र मुल्य र मान्यता लाई आत्म अनुसरण गरी साक्षर अभियान गरेका छौँ । अब बैजनाथ गाउँपालिका भित्र शिक्षा बाट कोही पनि बन्चित हुने छैन र हुन पनि दिने छैन तपाईको सरकारले अध्यक्ष रुचालले कार्यक्रमा भने ।

यसै गरी कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले कोरना संक्रमण फैलिने अझै सम्भावना लाई मध्यनजर गरेका छौँ आज हामी केही संख्यामा रहेर घोषणा गरेका छौँ बैजनाथ वडा न १ लाई तर समग्रतामा यो महत्वपूर्ण अभियानमा तपाई हामी जोडिनु नै यस कार्यक्रमको मुख्य उपलब्धी रहेको बताइन् ।

 

बृह्त रुपमा साउन भित्र पालिका स्तरीय कार्यक्रम गर्दै पूर्ण रुपमा गाउँपालिका साक्षर घोषणा गरिने शिक्षा शाखा प्रमुख विश्व राज ढकालले जानकारी गराएका छन् ।

कार्यक्रमा स्थानीय राजनितिक दलका प्रतिनिधि समाजसेवि लगाएतले आ आफ्नो धारणा राखेका थिए । यसै गरी कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले स्वागत मन्तव्य राखेका थिए भने वडा न १ का अध्यक्ष रुप बहादुर मल्लको अध्यक्षतामा कार्यक्रम समापन गरिएको थियो ।

  • ३० असार २०७८, बुधबार प्रकाशित

  • Nabintech