कोहलपुर। कोहलपुर नगरपालिकामा कोरना संक्रमित संख्या दैनिक रुपमा बृद्धि भइरहेको छ । पछिल्लो समय यो संख्या २१ मा पुगेको छ । नगर स्वास्थ्य शाखाले स्वास्थ्य मापदण्डको पालना गर्न अपिल गरेको छ ।
स्वास्थ्य अवस्था नाजुक बन्दै जानुको मुख्य कारण स्वास्थ्य मापदण्ड पालना नभएको बताउछन कोहलपुर नगरपालिकाका कोभिड १९ फोकल पर्सन गेहराज खनाल ।
खनालका अनुसार संक्रमित सबै होमआइसोलेसनमा छन। उनीहरुको अवस्था बारे स्थानीय स्वास्थ्य सेवा केन्द्रहरु बाट मनोपरामर्श सेवा उपलब्ध गराइरहेको बताएका छन । संक्रमित ११ पुरुष र १० महिला छन् ।