काठमाडौं।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा साउन ३१ गतेदेखि लिने निर्णय गरेको छ। बोर्डकाअनुसार परीक्षा साउन भदौ ९ गतेसम्म सञ्चालन हुनेछ। बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले परीक्षार्थीका लागि आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको बताए। बोर्डले भौतिक दूरी कायम राख्दै स्वास्थ्य सुरक्षाको उपाय अपनाउँदै परीक्षा लिने व्यवस्था मिलाउन निर्देशन दिएको छ। परीक्षामा देशभरका३लाख७७हजार विद्यार्थीहरू सहभागी हुँदैछन्।