कोहलपुर ।ईलाका प्रशासन कार्यालय कोहलपुर बाँकेले आर्थिक वर्ष २०७७\०७८ मा ५४ लाख २५ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गर्न सफल भएको छ । ईलाका प्रशासन कार्यालय कोहलपुर बाँकेका कार्यालय प्रमुख दिपेन्द्र रावलले आर्थिक वर्ष २०७७\०७८ मा ईलाका प्रशासन कार्यालय कोहलपुर बाँकेले सम्पन्न गरेका गतिविधिहरुको बारेमा जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा एक वर्षको अवधिमा राहदानी सिफारिसबाट ५४ लाख २५ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको जानकारी गराएका छन।